१३ कार्तिक २०८३, शुक्रबार

महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बारा, १२ चैत । वीरगंज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् ।

आफ्नो माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको थियो ।

साथै घटनामा संलग्न उनीहरूलाई वीरगंजबाट प्रहरीले पक्राउ गरेको हो ।