१३ कार्तिक २०८३, शुक्रबार

एनआरएनमा पहिलोपटक महिलासहित ३ जना अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ३ जना अध्यक्ष बन्ने निश्चित भएको छ ।

संघको १८ वर्षे इतिहासमा एनआरएनएको दशौँ महाधिवेशनमा रविना थापा पहिलो महिलासहित ३ जना अध्यक्ष बन्ने निश्चित भएको छ ।

अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने पक्का भएको हो ।

अब अध्यक्ष रविना थापासहित कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।