१३ कार्तिक २०८३, शुक्रबार

बुबाको काजक्रियामा ६ जना छोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पाल्पा, १२ चैत । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउनुहुन्छ ।

छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो । रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो । –रासस