शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

स्यान्डविच खाइरहेका बेला भालुले कारको ढोका खोल्न खोजेपछि….

दैनिक नेपाल २०७८ चैत १२ गते १०:५२

अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्तिले बिफ स्यान्डविच खाइरहेका बेला तीनवटा भोका भालुका बच्चाले कारको ढोका खोल्ने प्रयास गरेको समाचार भाइरल भएको छ । बिल डुभाल भन्ने एक व्यक्तिले आफू कारमा सियरा माडरेलमा पाल्तु कुकुरसँग बसिरहेको बेला सो घटना भएको बताएका छन् ।

‘काखमा बिफको स्यान्डवीच थियो, त्यसबेला भालुका बच्चा पनि नजिकै आए र कारको ढोका धकेल्न लागे’ डुभाललाई उदृत गर्दै यूपीआइले जनाएको छ । भालूको बच्चाले तत्कालै ढोका खोल्ने प्रयास गरेको डुभालले बताएका छन् ।

‘भालूले २ पटक ढोका खोल्ने प्रयास गरेको तर दुवै पटक भालुको प्रयासलाई डुभालले असफल बनाइदिएका थिए । डुभालकी श्रीमती स्यान्डी डुभालले भालूहरु बारम्बारका पाहुना भएको बताएकी छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित