७ कार्तिक २०८३, शनिबार

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा र महासचिवमा बास्तोला निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन ।

तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भएकी हुन् भने उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन् ।

त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात निर्वाचित भएका छन् ।

त्यसैगरी आठ जना सदस्यहरूमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।