१३ कार्तिक २०८३, शुक्रबार

एमालेलाई हराउने कुनै शक्ति छैन, जित निश्चित छः उपमहासचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ चैत । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ ।

एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उहाँले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो ।

“एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ,” उहाँले भन्नुभयो, “एमालेलाई हराउने कुनै शक्ति छैन ।” विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उहाँको भनाइ थियो ।

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले केपी ओली नेतृत्वको सरकारले गरेका कामका कारण जनतामा एमालेको आकर्षण बढेको बताउनुभयो । –रासस