बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मानिसको रगतमा भेटियो प्लास्टिक

दैनिक नेपाल २०७८ चैत ११ गते १९:२१

विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ ।

नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो ।

वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको प्रोफेसर डिक भेथाकलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ ।

रगतमा पुगेको प्लास्टिकले के–कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पुर्याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

मान्छेले खाना, पानी र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सन् २०४० सम्म अहिलेभन्दा दुई गुणाले बढी प्लास्टिक उत्पादन हुने प्रक्षेपण चलिरहेको बेला मानिसको रगतमै प्लास्टिक पुग्ने कुरा अझ बढी जोखिमयुक्त भएको वैज्ञानिकहरूले बताएका छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित