
काठमाडौँ, ११ चैत । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नगरेपछि गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ ।
शुक्रबार अदालतले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।
चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलन तोकिएकोमा चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरिएको थियो ।
शुक्रबार न्यायाधीशद्वय सुभाष पौडेल र नीलम पौडेलको संयुक्त इजलासले उक्त रिटमाथि अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न चैत १२ र १३ गते विश्व सम्मेलन तथा निर्वाचन गर्दैछ ।














प्रतिक्रिया