शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

श्रीमतीको प्रेममा यी व्यक्तिले किन उठाए यस्तो कदम ?

दैनिक नेपाल २०७८ चैत ११ गते १६:२५

एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा भयो । उनलाई बचाइयो र त्यसपछि पक्राउ गरियो ।

यी व्यक्तिको नाम होआंग हुंग हो । उनी भियतनामका बासिन्दा हुन् । फुकेट द्वीपको थाई होलिडे आइल्याण्डबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समुद्रको बाटो हुँदै लगभग २०० किलोमिटर टाढा रहेको मुम्बईमा रहेकी आफ्नी श्रीमतीलाई भेट्न चाहन्थे । उनी रबरको डुङ्गामा पानी र चाउचाउ लिएर यात्रामा निस्किएका थिए । यद्यपि, उनीसँग कुनै नेभिगेशन सिस्टम भने थिएन ।

होआंग, थाइल्यान्डभन्दा लगभग ८० किलोमिटर टाढा सिमिलन द्वीप समूहको नजिकै पुगेका थिए । जहाँ उनलाई केही माझीले देखे र त्यसपछि नेभीका समुद्री सुरक्षा इकाइलाई यसबारे बताए । त्यसपछि नेभीका जवानले उनलाई बचाए ।

थाई मेरिटाइम इन्फोर्समेन्टट कमान्ड सेन्टरका कप्तान पिचेट सोन्गटानका अनुसार हुंगले आफू श्रीमतीलाई भेट्न जान लागेको बताएका थिए । उनका अनुसार उनकी श्रीमती मुम्बईमा काम गर्छिन् । कोभिडका कारण उनी पछिल्लो दुई वर्षदेखि श्रीमतीलाई भेट्न पाइरहेका थिएनन् ।

पिचेटले भने, ‘ती व्यक्तिसँग कुनै म्याप, कम्पास, जिपिएस वा कपडा थिएनन् । उनीसँग सीमित पानी मात्रै थियो ।’ होआंग सुरुमा त बैंकक गएका थिए । तर भिसा बिना उनी त्यहाँबाट भारत जान नसक्ने बारे थाहा पाए । त्यसपछि उनी बसबाट फुकेट पुगे ।

होआंग फुकेटबाट ५ मार्चमा निस्किएका थिए । तर विपरीत दिशाबाट चलिरहेको हावाका कारण उनी बीचमा फसे । यसैकारण उनी दुई हप्तामा निकै कम मात्रै यात्रा गर्न सके ।

थाई अधिकारीले थप अनुसन्धानका लागि होआंगलाई फुके लगेको छ । पिचेटले भने, ‘हामीले भियतनाम र भारतको दूतावासलाई सम्पर्क गरेका छौँ तर अहिलेसम्म कुनै जवाफ हामीले पाएका छैनौँ ।’ –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित