
काठमाडौँ, ११ चैत । शुक्रबारदेखि ३ दिनको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै छन् ।
नेपाल प्रहरीले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई लक्षित गरेर काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको थियो ।
प्रहरीले काठमाडौंको स्वयम्भू र बौद्ध क्षेत्रका गुम्बामा कडा निगरानी गरेका छन् । तिब्बतियन शरणार्थीको बसोबासस्थल र गुम्बाहरूमा सादा पोसाकमा प्रहरी परिचालन समेत गरिएको जनाइएको छ ।
काठमाडौँ जिल्ला सुरक्षा समितिले वाङको सवारीलाई स्कर्टिङ सहितको सुरक्षा उपलब्ध गराउने छ । त्यस्तै, वाङ काठमाडौंको द्वारिका होटलमा बस्ने भएकाले होटल आसपासमा सुरक्षा सतर्कता बढाइएको छ ।
बालुवाटारस्थित चिनियाँ दूतावास र हात्तिसारस्थित भिसा सेक्सनमा पनि सुरक्षा कडा बनाइएको छ । उनले राष्ट्रपति, प्रधानमन्त्री, लगायत नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया