७ कार्तिक २०८३, शनिबार

केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाए कांग्रेस सभापतिहरूको भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कांग्रेस सभापतिहरूको भेला बोलाएका छन् ।

स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन उनले जिल्ला सभापतिहरूलाई आफ्नै निवासमा बोलाएका हुन् । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुग्ने क्रम शुरू भएको छ ।

बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने बुझिएको छ ।