
काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्री वाङ आज बेलुकी काठमाडौं आइपुग्ने छन् ।
वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुने छ ।
नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया