६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशभर १२५ वटा कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ ।