६ कार्तिक २०८३, शुक्रबार

हाभाल एच६लाई फाइभ–स्टार रेटिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । ग्रेट वाल मोटर्सको हाभल एच६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ ।

जि. डब्लु.एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच६ जि. डब्लु.एमको दोस्रो गाडी भएको कम्पनीले जनाएको छ ।

हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत, र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको छ ।

नतिजाअनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ ।