७ कार्तिक २०८३, शनिबार

अनाथ बालबालिकालाई शैक्षिक सामाग्री दिएर मनाए जन्मदिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । सोलुखुम्बुको जुबुमा जन्मिएका पत्रकार रमन वनले काठमाण्डौको एक बाल आश्रमलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । उनले आज आफ्नो जन्मदिनको अवसर पारी काठमाडौँको मुलपानीमा रहेको जनजाती बाल आश्रमका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

सामाग्री पाउने बालबालिकाहरु कोहि अनाथ, केही आर्थिक अवस्था नाजुक भएका परिवारका छन । वनले आज आश्रममै पुगेर प्रती बालबालिका ३ ओटा कपि, साथमा डटपेन, पेन्सिल, इरेजर, कटर उपलब्ध गराएका थिए । उक्त शैक्षिक सामाग्री पाएसंगै बालबालिकाहरु खुशी भएका छन ।

जन्मदिनको अवशरमा पार्टी प्यालेस, डान्सबार गएर मनोरन्जन गर्ने परम्परालाई बिर्सिदै सामाजीक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफुले सहयोग गरेको उनले बताए ।

साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्दता जनाउदै बालबालिकको शैक्षिक क्षेत्रमा उज्वल भविष्यको कामना पनि गरे । पर्यटन व्यावसायी तुलसिराम पुरी, कपन जेसिआईमा आवद्द भएर काम गर्नु भएका समाजसेवी व्यक्तित्व नवराज वन, कबिता वन, मुना पुरी, पत्रकारद्वोय सुनिल बिष्ट, प्रकाश कपाली लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो

जनजाती कल्याण आश्रमले वि।सं। २०५९ सालदेखी जनजाती बालबालिकाहरुको हकहित तथा उत्थानको लागि काम गर्दै आएको छ ।