६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयका लागि प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । महालक्ष्मी विकास बैंकले बझाङको जालपा माध्यमिक विद्यालयका लागि प्रतिक्षालय निर्माण गरेको छ ।

बैंकको बझाङ शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको हो । जालपा माध्यमिक विद्यालयको प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको बझाङ शाखा प्रमुख हेम बोहराका अनुसार उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई घाम तथा पानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो ।