७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, समसामयिक राजनीतिक प्रतिवेदन पेस गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।

बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

त्यसपछि प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।