शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

दैनिक नेपाल २०७८ चैत ८ गते १३:१६

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या सयौँमा भेट्न सकिन्छ ।

गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पु¥याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।

अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण तिर्न र खाद्यान्न किन्नका लागि एउटा मिर्गौला नै बिक्री गर्न बाध्य हुने गरेका छन् । उनीहरु बजारमा सामान किन्न समेत आफ्नो एउटा मिर्गौला बिक्री गर्न बाध्य भएका छन् ।

‘मैले चाहेको थिइनँ, तर मसँग विकल्प नै थिएन । मैले मेरा बालबच्चाका लागि यसो गरेँ,’ एएफपी समाचार एजेन्सीसँग ३२ वर्षीय नुरुद्दिनले भने, ‘हाल आएर मलाई यसमा पछुतो छ किनभने म अब लामो समयसम्म काम गर्न सक्दिनँ । मलाई पीडा हुन्छ र म गह्रौं सामग्री पनि उचाल्न सक्दिनँ ।’

विश्वभरिनै मानव अङ्गको बिक्री अवैध रहँदै आएको छ । तर अफगानिस्तानमा यसको नियमन भएको छैन र दाताले लिखित सम्झौता गर्नुपर्नेछ । अङ्ग दान गरेपछि के हुन्छ रु यो कहाँ जान्छ रु कसैलाई पनि थाहा छैन । यस विषयमा चिकित्सकले उनीहरुले सोधपुछ गर्न नपाउने प्रतिबद्धताको माग गर्छन् ।

अफगानिस्तानमा कति मिर्गौला बिक्री गरियो भन्ने यकिन थाहा पाउन मुश्किल छ । रेकर्डले हेरात प्रान्तमा सयौं मिर्गौला निकाल्ने शल्यक्रिया गरिएको देखाएको छ । यो पनि विगत केही वर्षको अवधिमा मात्रै हो । मानिसको आर्थिक अवस्था बिग्रिएसँगै यस किसिमको प्रक्रियामा वृद्धि हुने गर्छ ।

‘मैले मेरो मिर्गौला २ हजार ९०० अमेरिकी डलरमा बिक्री गरेँ,’ एक महिलाले भनिन्, ‘मैले यसो गर्नुप¥यो । मेरो श्रीमान काम गर्दैनन् । हाम्रो ऋण पनि छ ।’ –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित