७ कार्तिक २०८३, शनिबार

नेपाल एपीएफ अस्पतालले मनायो १७औं वार्षिकोत्सव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमार अस्पतालले चैत ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्नाका साथै नेपाल एपीएफ स्कुल किर्तिपुर र कोहलपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी करीब चार सय जना विद्यार्थीहरूको स्वास्थ्य जाँच गरेको छ ।

वार्षिकोत्सवको अवसरमा सो अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका प्रमुख प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक डा. रुपक महर्जनले अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २६ जना स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

यसैगरी वार्षिकोत्सवकै अवसरमा हिजो सोमबार अस्पताल परिसरमा बिभिन्न प्रजातीका ५२ वटा बिरुवाहरु रोपण गरिएको छ ।

२०६२ साल चैत ७ गते स्थापना भएको नेपाल एपीएफ अस्पतालले हाल ३५० बेडको अस्थाई स्विकृति प्राप्त गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । चार वटा प्रदेशमा क्षेत्रीय अस्पताल समेत स्थापना भइसकेको छ ।