
खोटाङ, ८ चैत । नेकपा (एमाले) खोटाङले दिक्तेल बजारमा वृहत् चुनावी जनसभा आयोजना गर्ने भएको छ ।
आगामी १९ गते आयोजना गरिने जनसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । उक्त चुनावी सभाका लागि खोटाङ एमालेले नौ वटा समिति गठन गरेको जनाएको छ ।
चैत ५ गते बसेको एमाले जिल्ला कमिटी खोटाङको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत् बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ ।















प्रतिक्रिया