
काठमाडौँ, ७ चैत । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर भोलि नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गर्नेछन् ।
सिंहको आफ्नो पार्टी समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्नेछिन् ।















प्रतिक्रिया