२८ आश्विन २०८३, बुधबार

एमालेले तालमेलको मुरली धुनमा लठ्ठिनु पर्दैन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेको पोलिट्ब्युरो बैठकमा केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने सम्बन्धमा पोलिटब्युरो सदस्य तथा प्यूठान इञ्चार्ज सूर्य थापाले राखेको सुझाव र धारणा।

१) नेकपा मसालको केन्द्रीय समितिले २०७८ माघको अन्तिम साता र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले २०७८ कात्तिकको अन्तिम सातामा निर्णय नै गरेर ‘नेकपा एमालेसँग स्थानीय र कुनै पनि तहका निर्वाचनमा तालमेल र सहकार्य नगर्ने’ नीति  सार्वजनिक गरेको  बैठकलाई जानकारी गराउन चाहन्छु।

विगतमा पटकपटक तालमेलको नाममा मसाल जनमोर्चालाई जिताउने गल्ती पार्टी नेतृत्व तहबाट भएको परिणामस्वरूप मुसालाई दूध खुवाएर बचाउने कार्य भयो, अन्यथा उक्त समूह आज देशमै र प्युठानमा पनि इतिहासमा सीमित भइसक्ने थियो।

२) २०७४ सालमा बिना तथ्य र आधार १४ हजार मत मात्र रहेको राष्ट्रिय जनमोर्चालाई नेकपा एमालेले आफ्नो २८ हजार मत थपिदिने गरी गठबन्धन गरिनु गलत थियो।

हाम्रो अध्यक्ष, महासचिव र उपमहासचिवले नेतृत्व गर्नुभएका सरकार ढालेर दक्षिणपन्थी अवसरवादी गठबन्धन बनाई त्यसमार्फत दुईचार वटा राजनीतिक नियुक्ति खाई मूलतः एमालेविरूद्धको जनमत विपरितको मोर्चाबन्दीमा उक्त समूह निर्लज्जताका साथ सामेल भएको यथार्थलाई बिर्सन मिल्दैन

देशभरि जम्मा ६२ हजार मात्र मत बटुलेको उक्त गुटले प्युठानमा ४७ हजार हाराहारी मत लिएर १६ हजारको अन्तरमा ‘महामन्त्री कामरेड’को श्रीमतीलाई बिना योग्यता र योगदान जिताउने गरी मतदान गर्नुपर्नाको परिणामस्वरूप दूध खाएर बाँचेको सोही मुसा गुटले हाम्रो नेतृत्वका गण्डकी र लुम्बिनीका प्रदेश सरकार तथा संघीय सरकारविरुद्ध डुंगामा भ्वाङ पार्ने र अर्काे डुंगामा हाम फाल्ने अवसर पाएको थियो।

हाम्रो अध्यक्ष, महासचिव र उपमहासचिवले नेतृत्व गर्नुभएका सरकार ढालेर दक्षिणपन्थी अवसरवादी गठबन्धन बनाई त्यसमार्फत दुईचार वटा राजनीतिक नियुक्ति खाई मूलतः एमालेविरूद्धको जनमत विपरितको मोर्चाबन्दीमा उक्त समूह निर्लज्जताका साथ सामेल भएको यथार्थलाई बिर्सन मिल्दैन।

पुनः वाम तालमेलका नाममा मुसालाई दूध खुवाउने गल्ती गर्न सकिँदैन। बरू अब समय आएकमे छ, मुसालाई ‘ओखती’ खुवाएर डुंगामा प्वाल पारी क्षति गर्ने हिजोको स्थिति सँधैका निम्ति अन्त्य गर्नुपर्छ। त्यस निम्ति प्युठानमा अब चौथो शक्ति (११हजार मत) मात्रै रहेको जनमत र वस्तुगत यथार्थविपरित ३१ हजारभन्दा बढी मत रहेको पहिलो शक्ति नेकपा एमालेले अनावश्यक रूपमा तालमेलको मुरली धुनमा लठ्ठिनु पर्दैन। कोसँग कस्तो सहकार्य वा तालमेल गर्ने? यसको लागि वडा कमिटी र पालिका कमिटीको सुझावमा जिल्ला कमिटीले वस्तुगत धरातलमा उभिएर मात्र निर्णय गर्दै माथिल्लो कमिटीको अनुमतिका साथ अघि बढ्ने विकल्प खुला गरिनुपर्छ।

३) पारस्परिक लाभको मूल्यांकन र सहमतिमा जरूरी परेको बाध्यात्मक अवस्थामा मात्रै चुनावी तालमेल गर्न जोड गर्नुपर्छ। खासमा चुनावको तयारी आफ्नो सामर्थ्यमा नै आधारित गरेर गर्नुपर्छ। र,चुनाव जित्नको लागि नै अगाडि बढ्न उचित हुन्छ।

४) प्युठानमा वामपन्थी नामका दक्षिणपन्थी गुटहरूसँगको विगतको तालमेलमा हामीलाई फाइदाभन्दा घाटा र धोका नै बढी भएको छ। त्यसको सट्टामा वैकल्पिक र विश्वासनीय सहकार्य र प्रतिष्पर्धामा  पार्टीले ध्यान दिएर जानुपर्छ।

५) प्रतिस्पर्धा र सहकार्यलाई वस्तुगत आधारमा विश्लेषण गरेर अघि बढ्नु आवश्यक छ। जन आकांक्षाविपरितका हानिकारक र धोकाघडीपूर्ण गठबन्धन र तालमेल गरिनुहुँदैन।