७ कार्तिक २०८३, शनिबार

एमाले उपाध्यक्ष पौडेल चीन भ्रमणमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा निस्किएको छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् ।

एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।