
पोखरा, ७ चैत । राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सुवास मल्ल निर्वाचित भएका छन् ।
हिजो आइतबार सम्पन्न प्रथम अधिवेशनबाट मल्लको नेतृत्वमा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा प्रेमराज अधिकारी र लक्ष्मी थापा, सचिवमा छविलाल सुवेदी, सहसचिवमा लक्ष्मी नेपाली, कोषाध्यक्षमा दीपक पौडेल र सह कोषाध्यक्षमा सीता परियार निर्वाचित भएका छन् ।
समितिको सल्लाहकारहरुमा प्रजापति पराजुली, रमेश श्रेष्ठ र पार्वती जिसी निर्वाचित भएका छन् ।
अधिवेशनले महासंघका सातवटा घटकहरु प्रदेश समिति समेत सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । घटकहरुमध्ये जनसाहित्यिक मञ्चमा छन्दमणी अध्यक्ष, सरला लामिछाने ‘सरु’ उपाध्यक्ष, केआर ढकाल सचिव र नेपाल प्रकाश अधिकारी कोषध्यक्ष रहेको १५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।
जनसंगित मञ्चमा दीलिप गायक अध्यक्ष, परशुराम अधिकारी उपाध्यक्ष र डार्विन गुरुङ्ग सचिव रहेको ११ सदस्यीय कमिटी निर्वाचित भएको छ । ललितकला मञ्चले शान्त कुमार श्रेष्ठ अध्यक्ष, थमनसिंह सुनार उपाध्यक्ष, ज्योति गुरुङ्ग सचिव, युवराज लामिछाने सह सचिव र हेमकान्ती गुरुङ्ग कोषाध्यक्ष रहेको ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
त्यसै गरी जनपक्षिय चलचित्रकर्मी संघले भूपेन बाँनिया अध्यक्ष, कोविशरण उपाध्याय उपाध्यक्ष, भोजबहादुर गुरुङ्ग सचिव, किरण रेग्मी सह सचिव र विष्णु बाँस्तोला कोषध्यक्ष रहेको ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । त्यस्तै अधिवेशनले भाषा तथा लोक साहित्य मञ्चको अध्यक्षमा निर्मल सापकोटा र उपाध्यक्षमा धिरज भण्डारी तथा सामाजिक साँस्कृतिक अध्ययन मञ्चको अध्यक्षमा खेमराज गुरुङ्ग र उपाध्यक्षमा राम प्रसाद शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा विभिन्न दलसम्बद्ध साँस्कृतिक संगठन त्यागेर आएका सात जना कलाकारहरुलाई प्रमुख अतिथिले टिका लगाएर महासंघमा स्वागत गर्नु भएको थियो । अधिवेशनमा गण्डकी प्रदेशका ९ जिल्लामा १२० जना प्रतिनिधिहरु सहभागी भएका थिए । महासंघको केन्द्रीय महाधिवेशन यही चैत्र १८, १९ र २० गते काठमाडौंमा हुँदैछ ।















प्रतिक्रिया