२९ आश्विन २०८३, बिहिबार

ओएनएफ तास्मानिया पुनर्गठन, अध्यक्षमा मुगेन

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ चैत । प्रवासी नेपाली मञ्च(ओएनएफ) तास्मानिया राज्य समिति पुर्नगठन भएको छ । मञ्चद्वारा होवार्टमा आयोजित एक भेलाले राज्य समितिलाई पुनर्गठन गर्दै मुगेन गौतमलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले गौतमको अध्यक्षतामा १९ सदस्य राज्य समिति निर्माण गरेको छ ।

जसमा उपाध्यक्ष केराज खनाल, सचिब सुनिल खँदाल, सह सचिब दिपक नेपाल, कोषाध्यक्ष रबिन अर्याल रहेका छन भने सदस्यहरुमा सुजन लामिछाने, शिवजी पोख्रेल, केदार नेपाल गोबिन्द क्षेत्री, पुष्पराज आचार्य, इश्वरी पौडेल, निश्चल डल्लाकोटि, उज्जवल खड्का, पुष्कर न्यौपाने, विप्लभ दाहाल रिजन लामिछाने, शास्वत श्रेष्ठ रहेका छन ।

नव निर्वाचित अध्यक्ष गौतमले राज्य समितिको बैठक बसेर अध्ययनका लागि आउने नव आगन्तुक विद्यार्थीहरुका लागि रोजगारमुलक तालिम दिने लगायतका समुदायको हितकारी कार्यक्रमहरु ल्याउने बताए ।