
पोखरा, ६ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको वैशाखी टेकेर स्थानीय निर्वाचनमा जान नहुने बताएका छन्।
आइतबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टी तालमेलका लागि आउन तयार रहेको पनि बताएका छन्।
‘गठबन्धन जस्तो तालमेल हुन सक्छ तर हामी आफ्नै खुट्टा टेकेर चुनावमा जानुपर्छ’, उनले भने।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय चुनावमा एक्लै लड्ने तयारी गरेपछि प्रचण्डको यस्तो भनाई आएको हो।















प्रतिक्रिया