२९ आश्विन २०८३, बिहिबार

चुनावी चटारो : प्रधानमन्त्री एकै दिन तीन जिल्लामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ ।

प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित, राप्रपा, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतका दलहरू जिल्ला हुँदै गाउँ केन्द्रित बनेका छन् । केन्द्रीय तहमा रहेका शीर्ष नेतालाईसमेत जिल्ला जान भ्याइनभ्याइ छ ।

प्रधानमन्त्री एकै दिन तीन जिल्लामा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार एकै दिन दोलखा, रामेछाप र काभ्रेपलान्चोकका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् । उनले कार्यक्रमकै क्रममा सहभाग हुँदै गर्दा आफ्ना पार्टीका नेताकार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिए ।

प्रधानमन्त्री देउवा शनिबार दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षणमा पुगेका थिए । उनले शनिबार नै रामेछापको मन्थली नगरपालिका–१३ को साँखे (फुलासी)स्थित नयाँ खिम्ती (२२०/१३२ केभी क्षमता) सबस्टेसन पनि उद्घाटन गरे ।
त्यसपछि प्रधानमन्त्री देउवा काभ्रेको तेमाल गाउँपालिकाको प्रसासकीय भवनको उद्घाटन गर्न पुगेका हुन् । सो कार्यक्रममा उनले पार्टीका नेताकार्यकर्तालाई सम्बोधनसमेत गरेका थिए ।

दलका शीर्ष नेताहरूलाई यतिबेला जिल्ला जिल्लामा पार्टीका कार्यक्रममा जान भ्याइनभ्याइ छ । ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै प्रदेशस्तर देखि जिल्ला हुँदै गाउँ स्तरसम्म नेताका दौडधूप बढेको छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।