शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फेला पर्‍यो संसारकै रंगीन माछा

दैनिक नेपाल २०७८ चैत ५ गते १७:४७

सुन्दरताको कुनै सीमाना हुँदैन । रंगीन चिज आफैंमा सुन्दर देखिन्छ । चराचुरुंगी हुन् वा अरु जिवजन्तु रंगीविरंगी हुनु आकर्षण तथा सुन्दरताको प्रतीक हो । अक्वारियममा पालिएका रंगीन माछा देख्नुभएकै होला । तर वैज्ञानिकहरुले ती भन्दा पनि कैयन् धेरै रंगीन माछा पत्ता लगाएका छन् जुन संसारकै सबैभन्दा रंगीन माछा हो ।

माल्दिभ्सको समुद्रमा वैज्ञानिकहरुले पत्ता लगाएको सबैभन्दा रंगीन माछाको नाम मल्टीकलर्ड फिस हो । यसलाई इन्द्रेणी माछा पनि भनिन्छ । यसको अंग्रेजी नाम रोड भेइल्ड फेरी रासे हो भने वैज्ञानिक नाम सिरहीलाब्रस फिनिफेन्मा हो । यो माछाको सरीर बहुरंगी छन् सरीरमा विभिन्न प्रकारका रंग छन् ।

यो माछा समुद्रको गहिराइमा मुगा अर्थात् कोरल रिफभित्र बस्दछ । यसलाई ट्वीलाइट रिफ्स पनि भनिन्छ । यो माछा यसअघि अर्कै प्रजातिसँग सम्बन्धित भएको ठानिएकोमा वैज्ञानिकहरुले हालै यो छुट्टै प्रजातिको संसारकै रंगीन माछा भएको पत्ता लगाएका छन् ।

यो माछा पश्चिमी हिन्द महासागरमा सामुद्रिक मुगा क्षेत्रमा १ सय देखि ४९० फिट गहिराइमा पाइन्छ । यो माछाको पोथीको सरीरमा रातो, गुलाबी तथा निलो रंग धेरै हुन्छ भने भालेमा पहेँलो र सुन्तला रंग धेरै हुन्छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित