शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यी गल्ती जसले असर गरिरहेको छ तपाईंको मष्तिस्कलाई

दैनिक नेपाल २०७८ चैत ५ गते ९:००

एक दिनभरमा तपाईको आफ्नो दिमागलाई असर पर्ने कति गल्तीहरू गर्नुहुन्छ होला रु हुन त मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन बुद्धिमान तथा मेहेनती मानिसले पनि गर्छन् । तर तपाईका गल्तीले आफ्नो दिमागमा कतिको असर गरिरहेको छ भन्ने थाहा पाउनुपर्छ ।

तपाईलाई सामान्य लाग्ने आनीबानीले पनि तपाईको दिमागलाई असर पुर्याइरहेको हुन्छ । हामीले दिनभरीमा धेरै यस्ता गल्तिहरु गर्छौँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या आउनसक्छ ।

दिमागले सही तरिकाबाट काम गर्न सक्दैन । न्यूरोलोजिस्ट डाक्टर प्रनव कुमार भन्छन् यदि यी गल्तिहरुलाई समयमा नै सुधार ल्याउन सकियो भने दिमागलाई स्वस्थ राख्न सकिन्छ । डाक्टर प्रनवका अनुसार दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु यस्ता छन् ।

१. कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठिक सँग काम गर्दैन । समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ । हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ ।

२. धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ ।

३. जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ । जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ । धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ ।

४. लगातार धेरै समयसम्म हेडफोन वा एरफोनमा ठूलो आवाजमा गीत सुन्नाले मष्तिस्कमा नराम्रो असर पार्छ ।

५. धुमपान गर्दा हाम्रो शरीरमा केही हानिकारक केमिकलहरु प्रसारण हुन्छ । यसले रगतलाई गाढा बनाइदिन्छ र मस्तिष्कमा रगत प्रसारण कम हुन्छ । रगत सञ्चालनमा अवरोध आउँदा समग्र स्वास्थ्य अवस्थामा नै प्रभाव पर्छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित