७ कार्तिक २०८३, शनिबार

स्थानीय तह निर्वाचनः वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता (तालिकासहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । स्थानीय तहको निर्वाचनका निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याएको छ ।

आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गरी दुई दिन उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारबारे उजुरी दर्ता लगायत प्रक्रियापछि वैशाख १५ गते अन्ति नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेदवारले वैशाख १६ गते नाम फिता लिन सक्नेछ । त्यसपछि १६ गते नै साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नाम सार्वजनिक गरिने तथा १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

वैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहको निर्वाचन हुने छ ।

मतदान हुनु ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने आयोगले जनाएको छ ।