१४ कार्तिक २०८३, शनिबार

स्वास्थ्य मन्त्रालयमा गृहमन्त्री खाँणको यस्तो चलखेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २ चैत । स्वास्थ्य मन्त्रालयको कर्मचारी सरूवा र काज फिर्तामा गृहमन्त्री बालकृष्ण खाँणले चलखेल गरेका छन् ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्तामा मन्त्री खाँणले अनावश्यक चलखेल गरेका हुन् । विगतमा खाँडकै पहलमा नियम विपरीत निर्देशनालयमा काजमा पठाइएका श्रेष्ठको संघीय स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरि काठमाडौं तानेकोमा खाँणको दबाबमा काज फिर्ता बदर गरिएको छ ।

खाँणले प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई समेत समन्वय नगरी श्रेष्ठको काज बदर गराएपछि खाँडको अस्वभाविक चलखेल बाहिर आएको हो ।

‘नियमित विपरित काजमा पठाइएका श्रेष्ठलाई मन्त्रालयले फिर्ता बोलाउँदा खाँडले फिर्ता बदर गराउनुमा भित्री गलत साँठगाँठ रहेको प्रष्ट हुन्छ’–निर्देशनालयका एक कर्मचारीले भने ।

जायज काम गर्दा दवाव आउने वितिकै बदर गर्ने प्रवृतिले काम गर्न प्रदेशमा असहज भएको प्रदेश स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले बताए । ‘खाँडको अहिलेको गलत कामबारे बोलौं कारवाहीमा परिने डर, नबोलौं गलत अभ्यास भएको छ’–उनले भने ।

सुरक्षाकर्मी बढुवामा खाँणले चलखेल गरिरहेको समाचार छताछुल्ल भएपनि क्षेत्राधिकार नाघेर काम गर्न थालेपछि प्रदेश स्वास्थ्य मन्त्रालयमा व्यापक असन्तुष्टि बढेको छ । कर्मचारीहरू खाँडको अहिले जस्तो शैलीले काम गर्ने सुरक्षित वातावरण नभएको उनीहरूको भनाइ छ ।

श्रेष्ठले पनि आफुलाई खाँडको मान्छे भन्दै कर्मचारीहरूलाई थर्काउने, तालिम गोष्ठी र गैरसरकारी संस्थाका भत्तावाला कार्यक्रम मात्रै दौडिने गरेपछि कार्यसम्पादनबारे उनको विरोध भइरहेको थियो ।

त्यसपछि संघीय स्वास्थ्य मन्त्रालयले सोमबार काज फिर्ता गरेको थियो । काज फिर्ता भएपछि श्रेष्ठ खाँडको शरणमा पुगेका थिए । दिनभरको खाँडको दबाबपछि उनको काज फिर्ता बदर भएको छ ।

‘नेताले भनेसी काज फिर्ता हुने र संघीय मन्त्रीले रकम लेनदेनमा प्रदेशसम्म चलखेल गर्न थालेपछि त्यस्ता ’साँढे’ हाकिमसंग कसरी काम गर्नु? खाँडको धम्की दिएर हैरान पार्छन् ।’–कर्मचारीको सामुहिक आवाज छ ।

अनावश्यक हस्तक्षेप भए प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी डेलिगेशन जाने तयारीमा छन् । प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नीतिगत निर्णयहरू गरि अघि बढिरहेका छन् ।

उनले प्रदेशमा विपन्नलाई रक्त संचार सेवा निःशुल्क गराएका छन् भने अस्पतालमा उपकरण र जनशक्ति बढाउन नीतिगत ढंगले अघि बढेका छन् । तर आफुलाई समेत अनावश्यक आक्षेप लाग्ने ढंगले समन्वय बिना आफ्नै पार्टीका संघीय सरकारका जिम्मेवार व्यक्तिले गरेको गलत चलखेलप्रति लामा असन्तुष्ट बनेको उनी निकट स्रोतले जनाएको छ ।