शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सबैभन्दा बढी मूल्यमा बिक्री हुने इतिहास बनाउँदै यो तस्बिर

दैनिक नेपाल २०७८ चैत २ गते ११:१०

मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार दिएका थिए ।

मान रेको यो तस्बिरलाई उनको सबैभन्दा चर्चित कला मानिन्छ । आगामी मेमा गरिने लिलामीमा यसले ५० लाख देखि ७० लाख डलर रकम आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । लिलामीको इतिहासमा एउटै तस्बिरले पाएको यो सबैभन्दा धेरै रकम हुनेछ । सन् १ ८९० मा जन्मेका रेलाई ‘डाडा एन्ड सरियलियम’ अभियानका मुख्य सदस्य मानिन्छ ।

कलाकृतिहरू सङ्ग्रह गर्ने न्युयोर्कका एक जोडीले यो तस्बिर सन् १९६२ मा रेबाट पाएका थिए । उक्त तस्बिरसँगै उनीहरूको साथमा रहेका अन्य चित्रकला, तस्बिर, गहना आदि पनि लिलामी गर्ने तयारी गरिएको छ ।–सीएनएन

प्रतिक्रिया
सम्बन्धित