१४ कार्तिक २०८३, शनिबार

किशोरीमाथि करणी गरेको अभियोगमा होटल सञ्चालक पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १ चैत । होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दैआएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

ठकुरीलाई आजै अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । –रासस