
काठमाडौँ, १ चैत । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा पार्टीको नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।
मंगलबार अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको हो ।
समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई रहेका छन् ।
त्यस्तै, डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा, डा. अन्जान शाक्य, डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) समिति सदस्य रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।












प्रतिक्रिया