१४ कार्तिक २०८३, शनिबार

अभिनेता पल शाहलाई गैंडाकोटमा बयानपछि दमौली ल्याइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । अभिनेता पल शाहलाई जबरजस्ती करणीको अनुसन्धानका लागि पुनः तनहुँको दमौली ल्याइएको छ ।

एक जना नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शाहलाई जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा बयान लिएपछि मंगलबार दमौली पठाइएको प्रहरीले जनाएको छ ।

गायिकाले पहिले तनहुँ र पछि गैँडाकोटमा पनि मुद्दा जाहेर गरेकी थिइन् ।