२९ आश्विन २०८३, बिहिबार

विद्यालयको जग्गा व्यक्तिको बनाउनेहरुको मृत्युपछि भ्रष्टाचारको मुद्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँँ, १ चैत । सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी तरिकाले व्यक्तिको बनाउनेहरुका मृत्यु भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले सरकारी जग्गा निजी बनाउने मृतकहरुलाई उनीहरुले बिक्री गरेको जग्गाको रकम असुल गराउने प्रयोजनको लागि प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

एक लाग ६९ हजार ५१ रुपैयाँ बिगो, क्षतिपूर्ति भराउन अख्तियारले माग गरेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।