शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

केही मानिसहरुले पैसा जम्मा गरेर जग्गा किने अनि आफ्नो छुट्टै देश बनाए

दैनिक नेपाल २०७८ फागुन ३० गते १७:५५

बेलिज एक क्यारेबियन देश हो । यो देश नजिकै १.२ उकड षेत्रफलको एउटा निर्जन टापु थियो । यो टापुलाई केही मानिसहरुले मिलेर किने । अब यी मानिसहरुले यो टापुलाई नयाँ देश घोषणा गरेका छन् ।

यो देशलाई अन्तर्राष्ट्रिय संगठनहरुले मान्यता दिइसकेका छैनन् त्यसैले यसलाई अहिले मायक्रो नेशन भनिएको छ । क्राउड फण्डको माध्यमबाट यो टापु किन्नको लागि पैसा जुटाइएको थियो ।

लेट्बाइएनआइल्याण्ड डटकममा यो टापुको एक भाग किन्न सकिन्छ र नागरिकता पनि पाउन सकिन्छ । १४ मार्च २०२२ सम्म यो आयल्याण्डमा लगानीकर्ताको संख्या १०३ पुगेको छ र यो देशका नागरिकको संख्या ३५० पुगेको छ ।

यो देशको आधिकारिक नाम प्रिन्सिपालिटी अफ आइल्याण्डिया राखिएको छ । यो देशसँग आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय गान, सरकार र एक गोप्य पुलिस पनि छ । यो आइल्याण्डको आकार कफीको दानाजस्तो छ ।

सीएनएनको एक रिपोर्टअनुसार मार्शल मेयर लेट्स बाइ एन आइल्याण्डका सहसंस्थापक हुन् । उनले र उनको समूहले मिलेर कफी काये नामको यो आइल्याण्डको लागि २ लाख ५० हजार डलर क्राउडफण्डबाट जुटाएका थिए ।

यो आइल्याण्ड किन्न १ लाख ८० हजार डलर र कर तिर्नुपर्यो यसको खरिद प्रक्रिया डिसेम्बर २०१९ मा पूरा भयो । त्यसपछि यो टापुको निश्चित शेयर बेचिँदैछ । एक शेयरको मूल्य ३ हजार २५० डलर पर्छ । अहिलेसम्म यसका १०० शेयर बिक्री भइसकेका छन् ।

मार्शल मेयरका अनुसार यो टापु बेलिज सिटीबाट १५ मिनेटको नौका यात्राको दूरीमा छ । २०२२ को सुरुमै कैयौं लगानीकर्ता र पर्यटक यहाँ पुगेका छन् । यो माइक्रो नेशन घुम्न केवल केही मिनेट लाग्छ । जो पनि लगानीकर्ताले यहाँ लगानी गर्छन् वा जो यहाँ घुम्न जान्छन् ती सबै स्वतः यहाँका नागरिक बन्छन् । यसको लागि पासपोर्टको आवश्यकता पर्छ ।-सीएनएन

प्रतिक्रिया
सम्बन्धित