
काठमाडौँ, ३० फागुन । भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।
बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।












प्रतिक्रिया