शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भुइँमा सुत्दाका फाइदा, यो पढेपछि ओछ्यानमा सुत्न छोड्नुहुनेछ

दैनिक नेपाल २०७८ फागुन ३० गते १३:४१

काठमाडौँ, ३० फागुन । भुइँमा बस्न छोडेको कति वर्ष भयो रु बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त रु अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं ।

दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ ! –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित