१४ कार्तिक २०८३, शनिबार

कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । काठमाडौंको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित दुईजना छन् ।

काठमाडौं महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाँच किलो अवैध लागुऔषध गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।