शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एउटा भालुका कारण सन् १९६२ मा झन्डै परमाणु युद्ध भएको थियो

दैनिक नेपाल २०७८ फागुन ३० गते ११:२१

जनावर प्रवेश गर्नेदेखि लिएर एक डलरभन्दा पनि कम मूल्यको कम्प्युटर चिप खराब हुने जस्ता गल्तीका कारण कुनै बेला परमाणु युद्ध सुरु हुने संकट सिर्जना भएको थियो । विश्वास गर्न कठिन हुन सक्छ तर सामान्य गल्तीका कारण परमाणु युद्ध हुन सक्ने अवस्था पैदा भएका धेरै उदाहरण छन् ।

१९६२ को अक्टोबर २५ को आधा रातमा विस्कन्सिनमा एक ट्रक धावन मार्गमा विमान रोक्न दौडिरहेको थियो । एउटा विमान रोक्नका लागि केही समयमात्रै बाँकी थियो ।
यसको केही मिनेटमात्र अघि टुलुुथ सेक्टर डाइरेक्सन सेन्टरका एक गार्डले सेन्टरको सुरक्षा बार नाघ्ने प्रयास गरेको एक छायाँदार आकृति देखेर उसमाथि गोली चलाए र चेतावनी घोषित गरिदिए । उनलाई डर थियो कि यो सोभियत संघ–क्यूवाको संयुक्त मिसाइल हमला हुन सक्थ्यो ।

सुरक्षाकर्मीले यो एक हमला नै हो भन्ने ठानेका थिए । इलाकाको सबै हवाई अड्डामा अलार्म बजिरहेको थियो । तत्काल मानिसहरु चनाखो भएका थिए । नजिकैको भोल्क फिल्ड एयरबेसको हवाई अड्डामा कसैले गलत बटन दबाएका थिए, जसका कारण स्ट्यान्डर्ड सेक्यूरिटी वार्निङको सट्टा पाइटले आपतकालीन साइरनको आवाज सुने । मानौं, उनलाई युद्धका लागि तयार हुन भनिएको थियो ।

आँखा झिम्काएको भरमा उनी आफ्नो विमानमा गएका थिए र परमाणु हतियारले भरिएको विमानलाई आकाशमा उडाउन तयार भइसकेका थिए । सबैजना चनाखो भइसकेका थिए । यसको ठिक ११ दिन अघि एक जासुसी विमानले क्यूूवामा गोप्य रुपमा राखिएको लन्चर, मिसाइल र ट्रकको तस्बिर लिएको थियो ।

यसबाट आशंका भएको थियो कि सोभियत संघ, अमेरिकामाथि हमलाको तयारी गरिरहेको छ । विश्वका सबैजसो देशलाई थाहा थियो कि एक गोलीका कारण अवस्था बिग्रन सक्छ ।

तर गार्डले जुन आकृति देखेका थिए, त्यो मानिस थिएन । त्यो त ठूलो कालो भालु थियो र त्यसको पहिचानमा गार्डबाट गल्ती भएको थियो । तर भोल्क फिल्डमा स्क्वाड्रन अझै पनि यो तथ्यबाट अन्जान थिए । उनलाई भनिएको थियो कि यो कुनै सैन्य अभ्यास होइन ।

जब उनी आफ्नो विमानमा चढिरहेका थिए, उनी पूर्ण रुपमा तेस्रो विश्व युद्ध भएको विश्वासमा थिए । तर बेस कमान्डरलाई के भएको थियो भन्ने थाहा भयो । पाइलटलाई विमान उडाउन एक अधिकारीले तत्कालै रोके । जसले धावनमार्गमा आफ्नो इन्जिन चलाइसकेको विमानलाई रोक्नका लागि एक ट्रक दौडाइ दिएका थिए ।

अहिले मानिसले १९६० को समयमा भएको परमाणु युद्धको चिन्ता लगभग बिर्सिसकेका छन् । तर फेरि एक पटक परमाणु युद्धको खतरा बढेको छ । अब परमाणु हतियारको अड्डा केही थोरै देशसँग मात्रै छ र मानिसले जलवायु परिवर्तन जस्ता अन्य चिन्ताको पनि सामना गर्नु परेको छ । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रणनीतिक रुपमा महत्वपूर्ण हतियार तैनाथ गर्ने बताएपछि परमाणु युद्धको चिन्ता बढेको छ ।

हामीलाई थाहा छ कि, नेताहरुले जानाजान परमाणु विस्फोट गराउने आशंका धेरै टाढाको कुरा हो तर परमाणु युद्ध कुनै दुर्घटनावस पनि हुन सक्छ भन्ने कुरालाई हामीले ध्यानमा राख्नुपर्छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित