२९ आश्विन २०८३, बिहिबार

एनआरएनए विवाद : पूर्वध्यक्ष घलेले थाले छुट्टै सम्मेलनको तयारी, पन्तले जनाए आपत्ति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूनर्गठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको भन्दै संघले आपत्ती जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आइतबार एक विज्ञप्ति जारी गर्दै संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूनर्गठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको उल्लेख छ ।

संघले विज्ञप्तिमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२औं बैठकले संरक्षक परिषद र उच्च स्तरीय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरूलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्वअध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरीत भएको जनाएको छ ।

बिज्ञप्तिमा शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ । संघले भनेको छ, ‘शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ ।’

विज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरीत निर्वाचन गर्न÷गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक भएको उल्लेख छ ।