१४ कार्तिक २०८३, शनिबार

न्यारोबाडी ३२० को उडान सुरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । नेपाल वायु सेवा निगमको न्यारोबाडी ३२० (नाइन एन एकेडब्लु) विमान शनिबारबाट पुन नियमित उडान सुरु गरेको छ । पुसमा इञ्जिनमा समस्या आएर कतारको दोहामा ग्राउन्डेड भएको सो विमान एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको निगमले जनाएको छ ।

इन्जिमा आएको खरावीको मर्मत गर्न समय लाग्ने भएपछि निगमने ग्राउण्डेड भएको विमानको मर्मतको लागि समय लाग्ने भएपछि इन्जिन भाडामा लिएर निगमले नियमित उडानमा ल्याएको हो । विमानको कतारमा अवतरण पश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर जनाएको छ ।