
काठमाडौँ, २८ फागुन । युक्रेनबाट चार जना नेपाली नागरिक काठमाडौँ आइपुगेका छन् ।
उनीहरु भारत सरकारको सहयोगमा नेपाल आइपुगेका हुन् ।
भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेको हो । उनीहरु भारतको नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।
नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत् भारत सरकार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।












प्रतिक्रिया