
काठमाडौँ, २८ फागुन । कामना सेवाविकास बैंकद्वारा नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआरको लागि आफ्नो व्यवसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।
यसमार्फत कामना सेवा बैंकका आफ्नो व्यवसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।
नेपालपे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा संचालितको माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेटवर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ ।
कामना सेवाविकास बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र नेपालपे क्युआरलाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ ।
यससँगै, कामना सेवाका आफ्नो व्यवसाय रहेको ग्राहकहरुले अब नेपालपे क्युआरमार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवाविकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा कनेक्ट आइपीएसको मोबाइल बैंकिङमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन् ।















प्रतिक्रिया