२९ आश्विन २०८३, बिहिबार

४ गाउँपालिकामा सुन्तला जोन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । पल्पाका चारवटा स्थानीय तहमा सुन्तला जोन कार्यक्रम सञ्चालन भएको छ ।

पाल्पाको तानसेन, बगनासकाली, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन कार्यक्रम सञ्चालन भएको हो । सुन्तलाको व्यावसायिक रूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तला जोन कार्यक्रम सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले जानकारी दिए।

५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तलाको खेती गरेर जोन विस्तार गर्ने कार्यक्रम सुरु भएको उहाँले जानकारी दिए । यस क्षेत्रका किसान व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।

सुन्तला जोन कार्यक्रमले उनीहरूलाई व्यावसायिक बनाउन, तालिम, अनुदान तथा बजारीकरणमा सहयोग पुग्ने जिल्ला समन्वय समितिकी प्रमुख मीरा मरासिनीले बताए । यो वर्ष पाल्पाका विभिन्न स्थानबाट पाँच करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।