२९ आश्विन २०८३, बिहिबार

क्यालिफोर्नियाको मार्टिनेजमा मिस्टर पिकल औपचारिक उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २५ फागुन । अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको मिस्टर पिकलमा नेपाली व्यावसायीहरु संलग्न भएका छन् ।

स्यानफ्रयान्सिस्को–वे एरियमा लामो समयदेखि रेष्टुराँ व्यवसायमा संलग्न अनिल पाण्डे र आईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकलको औपचारिक उद्घाटन मार्टिनेजका मेयर रब श्रोडरले सोमबार गरेका छन् ।

मार्टिनेज चेम्बर अफ कमर्शको आयोजनामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा मेयर श्रोडरले मार्टिनेजमा मिस्टर पिकल स्याण्डबीच लोकप्रिय रहेको बताए । उनले नेपालीहरुको नयाँ ब्यवस्थापनमा मिस्टर पिकलले थप विकास गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरू र स्थानीय अमेरिकी व्यवसायीहरू उपस्थित थिए ।

मिस्टर पिकलका सञ्चालक अनिल पाण्डे हुन् । उनी विगत तीन दशकदेखि फूड विजनेसमा संलग्न रहेका छन् । विभिन्न अमेरिकी फ्रेन्चाइज व्यावसायमा लामो अनुभव संगालेका पाण्डेले अमेरिकी फ्रेन्चाइजमा संलग्न हुनु नेपालीका लागि खुशीको कुरा भएको र बे एरियाका अन्य स्थानमा पनि मिस्टर पिकलको विस्तार गर्ने कम्पनीको योजना रहेको बताए ।

पश्चिम अमेरिकामा लोकप्रिय बन्दै गएको मिस्टर पिकल स्याण्डबीचमा नेपालीहरु संलग्न भएको यो पहिलो हो ।