
काठमाडौँ, २४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा दलका चुनाव चिह्न हरियो रंगको राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मतपत्रका चिह्न हरियो राख्ने निर्णय आयोगले सच्याउनुपर्ने बताएका हुन् ।
‘मैले समाचार पढें, निर्वाचन आयोगले मतपत्रका चिह्नमा हरियो राख्ने रे, हरियो चिह्न किन राख्ने ? निर्वाचन आयोगसँग कुरा गर्न पाएको छैन । यदि हो भने कुन हिसाबले राख्ने ? धार्मिक हिसाबले राख्ने हो ? कसैको हरियो देखिने चिह्न छ त्यसैले राख्ने ? आँखा नदेख्नेले रुखैरुख देख्छ भनेर हो ?,’ ओलीले भने, ‘निर्वाचन आयोगले सच्याउनुपर्छ हरियो सरियो हुँदैन ।’
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्रको चिह्न हरियो रंगको राख्ने निर्णय सोमवार गरेको थियो ।















प्रतिक्रिया