२९ आश्विन २०८३, बिहिबार

निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ फागुन । दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो । दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक÷एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो । –रासस