७ कार्तिक २०८३, शनिबार

सरकार चुनावबाट भाग्न खोज्यो : महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न बहाना देखाएर अहिलेको सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन गरेर आए पनि एमाले कोहीसँग नडराउने बताए । नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउँदै अब २ राजनीतिक शक्तिलाई अघि बढाउनुपर्ने बताए ।

धेरै दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको उनले बताए । ‘अब चुनावमार्फत जनताले २ दललाई रोज्नुपर्छ,’ उनले भने ।

एमाले निर्वाचनको पक्षमा रहेको बताउँदै उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको बताए । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधि सभाको निर्वाचनको कुरा गरिएको बताउँदै उनले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।